खरको छानो विस्थापित गरेर टिन लगाउने कार्यक्रमको पर्खाइमा धेरै नागरिक

दाङ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम लागु गरेपनि त्यो कार्यक्रमअन्तर्गत खरको छानो विस्थापित गरेर टिन लगाउने कार्यक्रमको पर्खाइमा धेरै नागरिक रहेको पाइएको छ ।

गत वर्षको क्रमागत योजनाअन्तर्गत चालुआर्थिक वर्षमा ४ हजार ४२ घरको छानो फेरिनुपर्ने हो । जसमध्ये १०७ घरको अझै टुंगो लाग्न सकेको छैन । बाँकी घरको छानो फेरिएको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले बताए ।

एउटा घरको छानो फेर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने गरिएपनि उक्त रकम थोरै भएपछि यस वर्षदेखि ७५ हजार रुपैयाँ प्रतिघर रकम उपलब्ध गराउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।

क्रमागत योजनाअन्तर्गत दंगीशरणमा २०९, बबईमा २४१, शान्तिनगरमा १८८, तुलसीपुरमा ८९६, बंगलाचुलीमा ४०२, राजपुरमा ३२९, गढवामा ३९२, राप्तीमा २४६, लमहीमा ३४७, घोराहीमा ७८७ घरमा खरको छानो फेरी टिन लगाउने कार्यक्रम रहेको छ ।

चालु वर्षमा निर्वाचन क्षेत्र नं. १ का चार स्थानीय तहमा सात हजार घरमा खरको छानो फेर्ने कार्यक्रम छ । जसअन्तर्गत घोराहीमा ५ सय, लमहीमा १ हजार, राप्तीमा २ हजार, गढवामा १ हजार ५ सय र राजपुरमा २ हजार घरको खरको छानो फेरेर टिन लगाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस