मुक्त कमलरीले पछि पैसा बुझाउने सहमति गरेर भरे परीक्षा फारम

दाङ । पैसाको अभावमा स्नातक दोस्रो वर्षको परीक्षा फारम नभरेका मुक्त कमलरी छात्राहरुले पछि पैसा बुझाउने गरेर फारम भरेका छन् । लमही १ लावाजुनी छात्रावासमा बस्दै आएका ३ जना छात्राहरुले देउखुरी बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय लिएर दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् ।

उनीहरुले पैसा नभएपछि फारम भर्ने मिति आज सकिदै गर्दा पछि पैसा बुझाउने क्याम्पसमा निवेदन लेखेर फारम भरेका हुन । पैसा छैन भनेपछि पछि आउने छात्राबृत्तिबाट पैसा बुझाउने सहमति गरेर फारम भर्न लगाएको क्याम्पस प्रमुख शेरबहादुर गिरीले बताए ।

स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्ने तीन जना यी छात्राहरुसहित प्रथम, तेस्रो, चौथा वर्षमा अध्ययन गर्ने १७ जना मुक्त कमलरी छात्राहरुलाई पैसाको अभावमा अध्ययन गर्न निकै समस्या परिरहेको छ ।

कक्षा १२ सम्म केन्द्रीय सरकारले छात्राबृत्ति दिने र त्यसपछि नदिने भएकाले मुक्तकमलरी छात्राहरुलाई खान, बस्ने र पढ्नसमेत समस्या भइरहेको मुक्त कमलरी विकास मञ्च दाङकी कार्यवहाक अध्यक्ष हरीमाया चौधरीले बताइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस