एमालेका वडाध्यक्ष पदका उम्मेदवारको निधन

दाङ । दाङ तुलसीपुर १७ का वडाध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चौधरीको मंगलबार राति उपचारकै क्रममा निधन भएको छ । बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी रहेका थिए । यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भई एक कार्य अवधी पुरा गरी सक्नु भएका चौधरीले यसपालीको निर्वाचनमा वडा अध्यक्ष पदमा चुनाव लडेका थिए ।

चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहालाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगीएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएकोमा उहाको उपचारकै क्रममा निधन भएको एमाले तुलसीपुर नगर कमिटिका अध्यक्ष माधव वलीले जानकारी दिए । चौधरीको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस