लमही नगरपालिका सुरु भएन दिसाजन्य फोहर व्यवस्थापनको काम

लमही । लमही नगरपालिकामा गरिने भनेको दिसाजन्य फोहर व्यवस्थापन कामसुरु हुन सकेको छैन । ३ वर्षअघि योजनाको बारेमा सम्झौता भएको भएपनि ३ वर्ष बितिसक्दा समेत काम समेत सुरु हुन नसकेको हो ।

यो परियोजना लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच २०७५ पुस १० मा सम्झौता भएको थियो । सम्झौतापछि दिसाजन्य फोहर व्यवस्थापनका लागि लमही नगरपालिकामा भौतिक निर्माणको काम अगाडि बढाउने जनाएको थियो । त्यसका लागि ठेक्कामार्फत काम गरिने बताए भएपनि सम्झौता भएको लामो समय बितिसक्दा समेत काम अगाडि बढ्न सकेको छैन् ।

परियोजना अगाडि बढाउनका लागि जग्गाको व्यवस्थापन गर्न नसक्दा काम सुरु हुन नसकेको लमही नगरपालिकाका सूचना अधिकारी नरेन्द्रकुमार गुप्ताले बताए । महत्वपूर्ण परियोजना भएपनि नगरपालिकाले ध्यान दिन नसक्दा परियोजनाको काम हुन नसकेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस