यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु

दाङ । दाङसहित देशभर आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० शुरु भएको छ । अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु भएको हो ।

यस वर्ष एसइईमा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी भएका छन् । जिल्लाका दशवटै पालिकाबाट १३ हजार १५२ परिक्षार्थी सहभागी हुने भएका हुन् । एसइईमा दाङबाट सहभागी हुनेमा छात्रको तुलनामा छात्रा बढी रहेका छन् । जिल्लामा अहिले ६ हजार २३४ छात्र र ६ हजार ९१८ छात्रा एसइइमा सहभागी हुन लागेका हुन् ।

जिल्लामा प्राविधिक धार, गे्रड वृद्धि, खुल्ला र नियमित गरी १३ हजार बढी परिक्षार्थी एसइइमा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका प्रमुख मित्र गौतमले जानकारी दिए ।

उनका अनुसार जिल्लामा प्राविधिक धारतर्फ ३५०, ग्रेड वृद्धिका लागि ९४, खुल्लाबाट ८५ र अन्य नियमित विद्यार्थी एसइइ दिन लागेका छन् । जिल्लामा एसइइका लागि ४५ वटा विद्यालय परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

एसइईका लागि घोराही र तुलसीपुरमा १३/१३ लमहीमा ५, राप्ती र गढवामा ३/३, बबई, शान्तिनगर र दंगिशरणमा २/२ र राजपुर र बंगलाचुलीमा १/१ वटा परिक्षा केन्द्र तोकिएको हो । प्राविधिक धारका लागि घोराहीको दिपशिखा विद्यालयलाई परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस