तुलसीपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ । दाङको तुलसीपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सरकारी वकिल कार्यालयमा विहीबार उक्त कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना भएको छ, भने दाङका अन्य स्थानीय तहमा पनि कार्यालय खुलेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस