निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अपिल गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई  स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार एक सूचना जारी गर्दै जिल्लामा टेन्डर स्वीकृत भएका बाहेक अन्य प्रक्रिया (अमानत आदी )  बाट नदीजन्य पदार्थहरू उत्खनन तथा ओसारपसार नगर्न आग्रह गरिएको छ ।

यस्तैगरि प्रदेश तथा पालिका अन्तर्गतका सरकारी कार्यालयका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन कार्यालय समय अवधीमा मात्रै प्रयोग गर्न समेत भनिएको छ ।  कार्यालय समय भन्दा अन्य समयमा प्रयोग नगर्न र सरकारी सवारी साधनमा जिल्ला बाहिर जानु परेमा प्रशासनबाट अनुमति लिनु पर्ने पनि जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्लाका १० स्थानीय तह मध्ये बबई गाउँपालिका र बंगलाचुली गाउँपालिकाका प्रमुखले आफूहरू चढ्दै आएको गाडी गाउँपालिकामा बुझाएका छन । 

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस