घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । दाङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्युभएको छ । घोराही तुलसीपुर सडक खण्डको घोराही १४ कपासीमा रा १ त ३३७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
विग्रिएको उक्त ट्याक्टरलाई रा १ त ४६११ नम्बरको ट्याक्टरले सर्रा तर्फबाट अटोभिलेज ल्याउने क्रममा टोचन चुडिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ट्याक्टरमा बसेर आएका मिस्त्री घोराही १० उत्तरअम्राई बस्ने २२ बर्षका सुदन चौधरीको घटना स्थलमै च्यापिएर मृत्यु भएको हो ।
अर्काे ट्याक्टरका चालक फरार भएका छन् । ट्याक्टर फोरलेन सडक बनाउन छेउ तर्फ विस्तर गरिएको खाल्डो सडकमा पल्टीएको हो । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा दुर्घटना बढ्दै गएको छ । सडक साँघुरो र दुबै छेउमा सडक बिस्तार गरेका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै मानविय क्षति हँुदै आएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस