२०८० असोज ७ गते आइतवार

सर्वोच्चको फैसला : फेरि उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने 

काठमाडौं । स्थानीय तह निर्वाचनमा पुन:उम्मेदवार बन्न जनप्रतिनिधिले निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ। 

सर्वोच्च अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै राजीनामा दिनुपर्ने भएको हो । 

न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । अल्पकालीन आदेशले निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरिएको प्रावधान रोकिएको थियो।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस