दाङमा माछा मार्न बनाइएको बम पड्किँदा पाँच जना घाइते

दाङ । दाङमा माछा मार्न बनाइएको बम पड्किँदा पाँच जना घाइते भएका छन् । घाईते हुनेहरु पाँचै जना लमही नगरपालिका ८ असानि निवासी २७ वर्षीय आनन्द भण्डारी, ४१ वर्षीय प्रदिप चौधरी, ३६ वर्षीय दिपक भण्डारी, उनका ९ वर्षीय छोरा सुशान्त भण्डारी र ३४ वर्षीय दलबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।

लमही नगरपालिका ८ असानिस्थित राप्ती नदीमा माछा मार्नका लागि बनाइएको बम हातमा नै पड्किएको थियो । घाईते मध्ये ४१ वर्षीय प्रदिप चौधरीलाई लमहि अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । भने ३४ वर्षीय दलबहादुर भण्डारी उपचारपछि डिस्चार्ज भएको र अन्य ३ जनाको सोहि अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस