लागूपदार्थ दुव्र्यसनीको संख्या बढ्दो क्रममा
दाङ । दाङमा वर्षेनी लागूपदार्थ दुव्र्यसनीको संख्या बढ्दोक्रममा रहेको पाइएको छ । दुव्र्यसन विरुद्ध सचेतामूलक कार्यक्रम गरिए पनि प्रहरीले दिनहुँजसो लागूपदार्थजन्य वस्तुको ओसारपसार वा कारोबार तथा सेवनमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ ।
लागूपदार्थ नियन्त्रण सम्बन्धी पाँच वर्षे गुरुयोजना भर्खरै कार्यान्वयनमा ल्याएको छ तर कारोबार र सेवन नघटेपछि उपचारका लागि जिल्लामै दर्जन बढी सुधारगृह समेत सञ्चालनमा ल्याइएको छ । घोराही कारागारमा रहेका तीन सय १३ जना कैदी बन्दीमध्ये ७९ जना लागूपदार्थको कारोबार र सेवनकै मुद्दाका छन् ।
घोराही कारागारका प्रमुख वासुदेव खनालले गतवर्षको तुलनामा यो वर्ष आठ प्रतिशतले लागूपदार्थ दुव्र्यसनीहरुको संख्या बढेको बताए । गत वर्ष कूल संख्याको १७ प्रतिशत रहेकोमा यो वर्ष २४ प्रतिशत पुगेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस