सल्यानमा जिप दुर्घटना हुँदा एकै घरका छसहित सात घाइते

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । नेपालगन्जबाट सुत्केरी बोकेर बागचौर नगरपालिका थारमारेका लागि छुटेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप आज छत्रेस्वरी गाउँपालिका ६ चैबाङ ज्युला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा बागचौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडलेका अनुसार जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाईतेको श्रीनगर स्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक कपुरकोट गाउँपालिका ४ गाडापानीका जगतकुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस