ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही । दाङमा मोटरसाईकल रोकी राखेको ट्रयाक्टरमा ठोकीदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका ७ नाग डाँडामा रोकी राखेको ट्रयाक्टरमा गयराति साढे ११ बजे तीनजना सवार मोटरसाइकल ठोकिएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ बयर डाँडाका २२ वर्षीय निसान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १२ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार १६ वर्षीय सीताराम चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २१ वर्षीय सागर चौधरीको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धर्नाबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ५१८५ नम्बरको मोटरसाइकल रा १ त ४६७८ नम्बरको ट्रयाक्टरमा ठोकिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस