देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचय

दाङ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १४ महिनाको अवधिमा ४ हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेको छ । २०७७ माघ १४ गतेदेखि हालसम्म आयोग निवेदन दिएका १२ सय घर परिवारका सदस्यहरु मध्य चार हजार बढी बेपत्ता परिवारका सदस्यहरुलाई आयोगले परिचयपत्र वितरण गरेको हो ।
यस्तै आयोगका सदस्य एवं प्रवक्ता डा. गंगाधर अधिकारीले दाङमा आयोगमा निवेदन दिएका एक सय ३२ परिवार मध्य हालसम्म एक सय परिवारलाई परिचयपत्र वितरण गरेको बताए । पहिलो पटक तुलसीपुरबाट ५५ परिवार र यसपटक घोराहीबाट ४५ परिवार घरी एक सय परिवारलाई दाङमा परिचयपत्र दिने तयारी रहेको उनले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार नेपालमा सवैभन्दा धेरै बेपत्ता पारिएका व्यक्तिहरुको संख्या बर्दिया र दोस्रोमा दाङ जिल्ला रहेको समेत बताए । दुई बर्षको अवधिमा आयोगले परिचयपत्र वितरणको काम सकेर सरकारसँग पीडितलाई परिपुरणका लागि पहल गर्ने समेत उनले जानकारी दिए ।