टाइफाइड खोप सम्बन्धी अभिमुखीकरण गोष्टी सम्पन्न

तुलसीपुर । टाइफाइड रोग बिरूद्ध सुरक्षित खोप र यसको प्रभावकारिता सम्बन्धी एक दिने अभिमुखीकरण गोष्टी आज तुलसीपुर १८ अन्तर्गत नगर स्वास्थ्य केन्द्र हेमन्तापुरमा सम्पन्न भएको छ ।

स्थानीय जनप्रतिनिधि, सरोकारवालालगायतको सहभागितामा गोष्टी सम्पन्न भएको हो । गोष्टीमा प्रशिक्षण दिँदै नगर स्वास्थ्य केन्द्रका प्रमुख डिल्ली शर्माले टाइफाइट रोग कसरी सर्दछ ? यो रोग कुन–कुन उमेर समुहका मानिसहरुमा बढि देखापर्छ ? यो रोगको मुख्य लक्ष्यणहरु के–के हुन् ? लगायत यस रोग सम्बन्धी अन्य कुराहरुको बारेमा स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमसँगै सरोकारवालाहरु सँग यस रोगको पहिचान, निदान कसरी गर्न सकिन्छ ? के टाइफाइड बिरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने बिषयमा छलफल भएको थियो ।

राष्ट्रिय अभियानको रुपमा यही चैत २५ गतेदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने १५ महिनादेखि १५ बर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई खोप कार्यक्रममा सहभागिता जनाउन समेत गोष्टीले अनुरोध गरेको छ । प्रत्येक बालबालकिाहरुले आफ्नो स्थानीय तहको वडामा रहेका तोकिएका बिद्यालय र स्वास्थ्य संस्थाबाट खोप प्राप्त गर्न सक्नेछन् । साथै १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुले यसअघि टाइफाइड बिरूद्धको खोप लगाएको भएपनि यो अभियानमा १ मात्रा खोप लिनुपर्ने शर्माले बताए ।

उक्त अभिमुखीकरण गोष्टीमा तुलसीपुर १८ का कार्यवाहक वडा अध्यक्ष धनबहादुर बस्नेत, सरोकारवाला शिव थापा, युवा क्लवकी अध्यक्ष तुलसा बुढाथोकीलगायतले यस खोपबाट हुने असर र यसको दिर्गकालीन समस्याहरुका बिषयमा आफ्ना धारणा ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस