दाङमा लेनदेन तथा चेक अनादर मुद्धाका फरार प्रतिवादी प्रक्राउ

घोराही । दाङमा लेनदेन तथा चेक अनादर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जिल्लाको बवई गाउँपालिका वडा नम्बर ५ बस्ने ४४ वर्षिय गोविन्द प्रसाद घिमिरे रहेका छन् ।

उनी २०७७ साल साउन २५ गते चेक अनादर मुद्धामा दुई वर्ष कैद सजाय भई हालसम्म फरार रहेका थिए । घिमिरेलाई आफनै घरमा लुकिछिपी बसेको अबस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

साथै उनलाई आजै दाङ जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि बुझाइएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस