जिप दुर्घटना हुँदा एकको मृत्यु

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका १ दारिमचौरमा दारिमचौरबाट श्रीनगरबाट आउँदै गरेको भे १ ज ३३६ न जिप दुर्घटना भएको हो। दुर्घटनामा परी शारदा नगरपालिका – १ दारिमचौर निवासी १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते ओलीको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। गाडी सडकबाट करिब १५ मिटर तल खसेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडी चालक पनि सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस