आठ वर्षसम्म पनि बनेन दाङको पत्रेखोला पुल

lgdf{0ffwLg kq]vf]nf k’n t’n;Lk’/, & df3 . bfªsf] 3f]/fxL–t’n;Lk’/ ;8s v08cGtu{t kq]vf]nfdf lgdf{0ffwLg cj:yfdf /x]sf] k’n . k’n lgdf{0f ;’? ePsf] 5 aif{ laTbf klg sfd k”/f x’g ;s]sf] 5}g . t:jL/ M bLks af]x/f, /f;;

दाङ । तुलसीपुर घोराही मुख्य सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पूणर्ता पाउन सकेको छैन । आर्थिक वर्ष ०७१÷०७२ मा सम्झौता भएर निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

पुल नबन्दा घोराही तुलसीपुर सडकखण्डमा दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रुले सास्ती व्यहोर्दै आएका छन् । पत्रेखोलामा वर्षाको महिना खोलामा पानीको बहाव बढ्ने भएपछि उक्त सडकखण्डमा दैनिक आवतजावत र आवागमनमा घन्टौं ठप्प हुने गर्दछ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार २०७१ देखि निर्माण कार्य सुरु गर्दा पुलको डिजाइन नमिलेको भन्दै निर्माण कार्य लामो समय रोकिएको थियो । निर्माण कार्य सुरु भएको करिब चार वर्षपछि मात्र पुलको नयाँ डिजाइन आएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर अमिर सुवेदी बताए ।

पुलको नक्सा आइसकेपछि सडक डिभिजनले उक्त पुल पुनः सम्झौता गरेर सोही कम्पनीलाई नै निर्माण जिम्मा दिएर काम सुरु गराइएको इञ्जिनियर सुवेदी बताए । सम्झौता अनुसार साढे ३ करोडमा लागत रहेको पुलको निर्माणको म्याद चैत मसान्तसम्म छ । अबको १० दिनभित्रै निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।

यता, सडक डिभिजन कार्यालयले पुल निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँछ । हालसम्म उक्त पुलको काम ८५ प्रतिशत पूरा भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर सुवेदीले बताए । उनका अनुसार पुलको सबै काम सम्पन्न भएर एप्रोच निर्माणको काम बाँकी छ । उक्त पुल ४० मिटर लम्बाई र साढे १० मिटर चौडाइको रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस