भूमि आयोग दाङ अध्यक्ष अझै नियुक्त गर्न बाँकी

दाङ । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गरेको हो । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निणर्य गरको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो ।
प्रदेश १ का ४, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन् । अझै दाङसहितका ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ । दोस्रो चरणमा समेत दाङले आयोगको पदाधिकारी पाउन सकेको छैन् ।
प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस