बबईमा ब्यक्तिगत घटना दर्ता शिविर हुँदै

दाङ । दाङको बबई गाउँपालिकाका विभिन्न स्थानमा ब्यक्तिगत घटना दर्ता सिविर सञ्चालन हुने भएका छन् ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भोलिदेखि बैसाख ९ गतेसम्म गाउँपालिकाको ७ वटै वडाका विभिन्न स्थानमा सिबिर सञ्चालन गरिने सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिए ।

शिबिरमा जन्मदर्ता, मृत्युदर्ता, बिवाहादर्ता, सम्बन्ध बिच्छेद, बसाइँसराई जस्ता ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको लागि समेत आबेदन दिन सकिने छ ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस