थप ४३ जिल्लामा राष्ट्रिय भूमि अयोग गठन

दाङ । राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो काम गर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई निर्देशन दिए ।

मन्त्री श्रेष्ठले अबको कही दिनभित्रै सुकुम्बासीलाई लालपुर्जा वितरणको काम शुरु गर्ने तयारी भइरहेको भन्दै अब छिट्टै सुकुम्बासीको हात हातमा लालपुर्जा पर्ने बताए । यसअघि २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन भइसकेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस