ईलाका प्रशासन तुलसीपुरले सेवाग्राहीहरुको अत्यधिक चाप बढेपछि कार्यालय समय बढाईयो

द्याङ । ईलाका प्रशासन तुलसीपुरले सेवाग्राहीहरुको अत्यधिक चाप बढेपछि कार्यालय समय बढाएको छ । राष्ट्रिय परिचय पत्र र राहदानी सिवा लिन आउने सेवाग्राहीहरुको बढि भिडभाड हुन थालेपछि आफहरुले हाललाई सेवा समय बढाएको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिए ।

सेवाग्राहीहरु विहानैदेखि कार्यालय गेटमा आएर घण्टौ समय लाईनमा बस्न थालेपछि कार्यालयले आन्तरिक रुपमा सेवा प्रवाह गर्ने समय बढाएको उनले बताए । कर्मचारी व्यवस्थापन र खर्च व्यवस्थापनका लागि माथिल्लो निकायमा जानकारी गराए पंनि हाललाई कार्यालयले गर्ने उनले बताए ।

विशेष गरी पासपोर्ड बनाउन आउने सेवाग्राहीहरुका लागि विहान छ बजेदेखि बेलुका ७ बजेसम्म कार्यालय खुला रहने उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस