कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ
दाङ । व्यवसायीले आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।
पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आजदेखि पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्ण रुपमा रोकेको एलपी ग्याँस उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले बताए ।
हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ । व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन सुरु भइसकेको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस