मेचीमहाकाली उल्टो पैदल यात्रा पूरा गरे : परियार

दाङ ।  तुलसीपुर उपमहानगरपालिका ३ रानागाउँ निवासी ऋषि परियारको मेची–महाकाली उल्टो पैदलयात्रा २ महिना २ दिनमा पुरा गरेका छन् । परियारले गत माघ १५ गते पूर्वको झापा मेची पुलबाट यात्रा सुरु गरेका थिए । उनले बिहीबार पश्चिम महाकालीको गड्डाचौकीमा पुगेर दिउँसो करिब पौने १ बजे यात्रा समापन गरेका हुन् ।

उनले मेचीमहाकाली सम्मको एक हजार २४ किलोमिटर दूरी उल्टो हिँडेर २ महिना २ दिनमा पुरा गरेका हुन् । उनले २ महिनामा यात्रा पुरा गर्ने लक्ष्य राखेकोमा २ दिन बढि समय लगाएर यात्रा पुरा गरेका हुन् । उनले स्वास्थ्यका लागी उल्टो पैदल यात्रा भन्ने नाराका साथ उल्टो पैदल यात्रा शुरु गरेका थिए । उनले भने,‘ यात्रा गर्दा सुरुमा कसैको साथ पाइन्न की, भन्ने लागेको थियो । मेरो यात्रा बीचबाटो मै यात्रा रोकिन्छ की, भन्ने चिन्ता थियो । तर, सबैको राम्रो साथ र सहयोग पाएर सफल भए । यात्राभर स्वास्थ्यले पनि राम्रो साथ दियो ।’

सामान्य स्वास्थ्य समस्या बाहेक कुनै समस्या नआएको पनि उनको भनाइ थियो । यस्तैगरि यात्राको क्रममा ३ जोर चप्पल र ३ जोर कपडा बदलेको उनको भनाइ छ । उनले भने,‘ कपडा भने यात्राको क्रममा ठाउँ र परिवेशसँग मिल्दोजुल्दो बनाउने क्रममा फेरबदल भएपनि चप्पल भने हिड्ने क्रममा बदलेको हु ?’ दुई महिनाको लामो यात्रा गर्ने अवधिभर चप्पल मात्रै प्रयोग गरेको उनले बताए ।

साथै उनले उल्टो पैदल यात्राको क्रममा खान र बस्नमा पनि आफ्नो पैसा खर्च नभएको समेत उनले बताए । ‘ जहाँ पुग्यो ,त्यहीका स्थानीय समाजसेवीहरूले खाना र बस्नको लागि सहयोग गर्नुहुन्थ्यो,‘ उनले भने,‘ सबैबाट राम्रो साथ र सहयोग पाएको हुँदा आफू लक्ष्यमा पुग्न सफल भयो । त्यस्तै आगामी दिनमा पनि यसैगरी रचनात्मक काम गरेर देखाउने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस