पढ्दै कमाउँदै कार्यक्रममा १४० विद्यालय छनोट

दाङ । सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि एक सय ४० सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै चैत ८ गते बसेको निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको जानकारी दिएको हो ।

यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो । विकास केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो ।

कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्न छनोट भएका विद्यालयका विद्यार्थीले कृषि, इन्जिनियरिङ, पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन् । त्यस्तै वन तथा वातावरण, निर्माण, अटो मोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस