लोपोन्मुख जातिको बारेमा वृत्तचित्र निर्माण गरिने

दाङ । लुम्बिनी प्रदेशका लोपन्मुख जातिहरूको लोक संस्कृतिको बारेमा वृत्तचित्र निर्माण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले लोपन्मुख जातिको बारेमा वृत्तचित्र निर्माण गर्न लागेको हो ।

प्रदेश सरकारको सयहयोगमा सो वृत्तचित्र निर्माण गर्न लागेको मुख्य अध्ययता संस्कृतिवृद डा गोविन्द आचार्यले बताए । सो जातिको लोकगीत तथा लोकसंगीत अध्ययन गरेर अनुसन्धानात्मक पुस्तक तथा वृत्तचित्र तयार पारी उनीहरूको कला, संस्कृतिको प्रबद्र्धन गरिने डा आचार्यको भनाई छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका बादी, रैदास (चमार), गन्धर्व, दमाई, कुसुण्डा, किङ्गरिया, नट जातिको लोकगीत तथा लोकसंगीतमा अध्ययन गरिने उनले बताए ।

यसैबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दाङमा रहेका बादी, दमाई र रैदास (चमार) समुदायसँग लोक संस्कृतिको बारेमा छलफल, अनुसन्धानात्मक पुस्तकको अध्ययन तथा वृत्तचित्रको लागि छायाँङ्कन गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस