२१ वर्षपछि घर पाउँदा खुशी सितली
दाङ । दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका असहाय परिवारकी सदस्य सतली मगर्नीले २१ वर्षपछि घर प्राप्त गरिकी छिन् । सशस्त्र द्वन्द्वका क्रममा रोल्पाबाट श्रीमान जीतबहादुर घतीमगरसँग घोराही आउनुभएकी सितलाका श्रीमानलाई सेनाले बेपत्ता पारेपछि ढेबलीमा बसोबास गर्दै आएकी थिइन् । श्रीमान घर्तीलाई २०५८ मंसिर १३ गते सोधपुछका लागि ब्यारेकमा लगेर बेपत्ता पारेको थियो ।
घोराही उपमहानगरपालिका १४ ढोडेनीमा घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । कार्यक्रम पुर्व सभामुख कृष्णबहादुर महाराले उदाहरणीय काम भएको बताए । संघीयताको मर्म अनुसार स्थानीय सरकारले गरेको महत्वपूर्ण जनसेवाको काम भएको बताए ।
उनीले यो द्वन्द्वपीडित, असाहय र अनाथलागी आगामी दिनमा यस्ता काम गर्न आग्रह गरे । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दश वर्षीय जनयुद्धका असाहय परिवारदेखि सडक जीवन बिताइरहेका मानिसहरुको लागि महत्वपूर्ण काम भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यले नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गर्नुपर्ने दायित्वलाई यसैगरी गरेर अघि बढ्न जरुरी रहेको बताए । उपभोक्ता समितिका अध्यक्ष नरेश केसीले भवन निर्माणका लागि खर्च सार्वजनिक गरेका थिए ।
सो घर वडा कार्यालयबाट विनियोजित ७ लाख र नगरस्तरीय बजेट ३ लाख १९ हजार गरि कुल १० लाख १९ हजारमा ३ वटा कोठा, शौचालय, भण्डार कक्षसहित बनेको छ ।
वडा सदस्य गुलाम रसुलको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश चौधरीले गरेका थिए । जिल्लामा एक सय २६ जना सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको तथ्यांक रहेको छ ।