२८ वर्षपछि लुहाम, काभ्रा, कालिमाटी सडकको ट्रयाक खुल्यो

सल्यान । सल्यानको लुहाम, काभ्रा, कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्रयाक झन्डै २८ वर्षपछि खोलिएको छ । २०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो ।
शिलान्यास भएको २९ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालिमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी चलेका हुन् ।
सडक सञ्चालनमा आएसँगै कपुरकोट, छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकाका स्थानीयलाई कणार्ली प्रदेशको राजधानी पुग्न निकै सहज भएको उनका थानीय वेदप्रसाद केसीले बताए । सिधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानु पथ्र्याे तर अब ३/४ घण्टामै सुर्खेत पुग्न सकिने उनको भनाई छ ।
प्रदेश सरकारको गौरवको आयोजना अन्र्तगत रहेको लुहाम, काभ्रा कालिमाटी हँुदै प्रदेश राजधानी जोड्ने सडकले पूणर्ता पाएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले बताए । प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नती अन्र्तगत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोडको टेन्डर आह्वान समेत भइ सकेको कार्यालयले जनाएको छ ।