सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला

दाङ । सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय श्रीनगर नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसी शब भेटिएको हो । गएराती १० बजेदेखि २ बजेसम्म ईलाका प्रहरी कार्यालय श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसी आज बिहान मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ ।

आज बिहान स्थानीय एक महिलाले शब देखेपछि प्रहरीलाई खबर गरेकी थिईन् । मृतक प्रहरी जवान केसी पश्चिम रुकुमको मुसिकोट नगरपालिका १३ छिवाङका बताइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस