आगलागी तथा डढेलो नियन्त्रणमा नागरिकले सावधानी अपनाउनु पर्ने

दाङ । गर्मी तथा सुक्खा मौसम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । गर्मीयाम सुरु भएसंगै अहिले हरेक दिन आगलागी र डढेलोका घटना हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकोले जनाएको छ ।
यस्ता आगलागी तथा डढेलोका घटना हुन नदिन स्वयम नागरिक सचेत हुनुपर्ने र हरेक नागरिकहरुले प्रज्वलन बस्तुलाई सावधानीका साथ प्रयोग गर्ने र जथाभावी प्रयोग नगर्ने कुरालाई गम्भिर रुपमा लिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
गर्मी समयमा सुख्खा हुने र हावाहुरी चल्ने भएकाले आगलागी र डढेलोको जोखिम हुने भएकाले प्रहरी प्रशासनले समेत सचेतना फैलाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।
आगोको सानो झिल्कोले समेत ठूलो क्षति पु¥याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले अनुरोध गरेका थिए ।