मुक्त कम्लहरीहरुलाई बंगुरका पाठा वितरण

गढवा । गढवा गाउँपालिका पशुसेवा शाखाको आयोजनामा १५ जना बिपन्न सिमान्तकृत मुक्त कम्लहरी महिलाहरुलाई आयस्तर बृद्धि गर्न सहयोग स्वरुप बंगुरका पाठा वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मीले बंगुरका पाठा वितरण गरेका हुन् ।

चालु आर्थिक बर्षको मुक्त कम्लहरी बिकास कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका महिलाहरुको आय आर्जनमा टेवा पु¥याउन प्रकाशित सूचना बमोजिम आवेदन दिएका मध्ये १५ जनालाई छनोट गरि एक–एक थान बंगुरका पाठा वितरण गरिएको पशुसेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस