तुलसीपुर अमेलिया सडक पुनः अवरुद्ध गर्ने स्थानीयको चेतावनी

दाङ । तुलसीपुर–अमिलिया सडकखण्ड अन्र्तगतको तुलसीपुर बजारको बाहिनी चोकदेखि मदनआश्रित चोकसम्मको सडक मर्मत नभएपछि स्थानीयले पुनः सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । सडक डिभिजन कार्यालयले एक हप्ता भित्र सडक मर्मत गर्ने अल्टीमेटम दिएको भएपनि एक हप्ता बितिसक्दा समेत सडक मर्मत नभएपछि स्थानीयले पुनः सडक अवरुद्ध गर्नुको विकल्प नभएको बताएका छन् ।

गएको मंलगबार तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष नवराज लामिछाने र ५ का वडा अध्यक्ष विरेन्द्र शाह, स्थानीय व्यापारी लगायतका जनप्रतिनिधिहरुले सडक डिभिजनमा ज्ञापन पत्र बुझाएको थियो । सडक डिभिजनका प्रमुखले एक हप्तामा सडक मर्मत कार्य शुरु हुने अल्टिमेटम दिएको भएपनि अहिलेसम्म सडक मर्मतको काम शुरु नभएको भन्दै पुनः सडक अवरुद्ध पार्ने स्थानीय व्यापारी पुर्ण वलीले बताए ।

त्यस्तै सडक डिभिजन कार्यालय दाङका प्रमुख राजपुकार जैसवालले ठेकेदारले हप्ता दश दिन भित्र निर्माण कार्य अगाडी बढाउने जानकारी दिए । ठेक्का सम्झौता गरेको पि एस पुष्पाञ्जलीका ठेकेदार प्रकाश शाह सम्र्पकमा आएर सडक मर्मतको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको प्रमुख जैसवालको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस