घोराहीको न्यायिक समितिमा दोस्रो चौमासिकसम्म १६२ मुद्दामा मिलापत्र
दाङ । घोराही उपमहानगरको न्यायिक समितिले दोसो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । घोराही उपमहानगरको न्यायिक समितिमा चालूआर्थिक वर्ष २०७८/७९ को दोस्रो चौमासिकसम्म १ सय ६२ मुद्धामा मिलापत्र भएको छ । न्यायिक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी दुबै पक्षको जित हुने गरी १ सय ६२ मुद्धामा मिलापत्र गरिएको जानकारी दिईएको हो ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेले चालूआर्थिक वर्षको पछिल्लो चार महिना यता नयाँ दर्ता भएका १ सय १६ मध्ये ५८ वटा मुद्धामा मिलपत्र भएको र ५८ वटा बाँकी गरी कुल ५९ मुद्धा पक्रियामै रहेको जानकारी दिइन् । न्यायिक समिति गठन भएको करिव ५ वर्ष पुग्नै लाग्दा अहिलेसम्म ८ सय ७९ मुद्धा न्यायिक समितिमा दर्ता भएको छ ।
समितिमा जग्गा रोक्का, खाता रोक्कासम्बन्धी मुद्दा धेरै आउने गरेका छन् । जिम्मेवारी सरी आएका ९१ र नयाँ दर्ता भएका ३७ गरी १ सय २८ जग्गा तथा खाता रोक्का मुद्दामध्ये १ सय १२ मुद्धामा विवादको टुंगो लागेको छ भने १६ वटा बाँकी रहेको उनीले बताइन् ।
यस्तै चालुआर्थिक वर्षको अहिलेसम्म जग्गा विवादका २१ वटा मुद्धामा मिलापत्र भएको छ भने २० वटा प्रक्रियामै रहेका छन् । घरेलु हिंसाका ७, लेनदेनको ६, कुलो नालापानीको ३, घरभाडाको १ र अन्यमा ११ वटा मुद्धामा मिलापत्र भएको छ । यस्तै घरेलु हिंसाका २, लेनदेनको ८ र अन्यमा १० मुद्धा प्रक्रियामै रहेको उनीले जानकारी दिइन् । पत्रकार सम्मेलनको सहजीकरण प्रतला देबकोटाले गरकी थिइन् ।