तालिम लिएपछि उद्यमी बनेका नागरिक
गढवा । गढवा गाउँपालिका वडा नं. ७ झारबैरा निवासी दानबहादुर चौधरी पेशाले इलेक्ट्रोनिक्स टेक्नीसियन हुन् । कोभिड–१९ सुरु भएपछि उनको ब्यवसाय चौपट भएपछि गाउँ फर्केर खेती किसानीमा लागे । गढवा गाउँपालिकाले उद्यम बिकास कार्यक्रम अन्तर्गत संचालन गरेको तरकारी खेती तालिम लिएपछि म आत्मनिर्भर र ब्यवसायिक बन्न सकेको छु–चौधरीले भने । तालिम लिनुअघि मैले फलाउने करेला बाङ्गाा टेढा र किराले खाएका हुन्थे । उद्यम बिकास तालिमबाट तरकारी खेति गर्ने प्रबिधि सिकेपछि आजकल लौका र करेला सोझा र सप्रिएका फल्ने गर्छन र किरा पनि लाग्दैनन् । चौधरीले मंगलबार गढवामा आयोजित सार्बजनिक कार्यक्रममा सफल उद्यमीको कथा सुनाए ।
गढवा ७ कान्छीगाउँ निवासी सिता चौधरीले च्याऊ खेती गर्न थालेको पाँच बर्ष भयो । पहिले सीप नभएर राम्रोसँग च्याउ उत्पादन गर्न सकिरहेकी थिइन् । गढवा गाउँपालिकाले आयोजना गरेको उद्यम बिकास तालिम लिएपछि च्याउखेति गर्ने पुर्ण प्रबिधि सिके, अहिले राम्रोसंग च्याउ उत्पादन गरिरहेकी छु चौधरीले भने । त्यसो त गाउँपालिकाबाट च्याउखेतिका लागि ५० हजार अनुदान पाएपछि अहिले ब्यवसायिक रुपमा खेति गरेर आत्मनिर्भर बनेको उनले बताए । उनीहरु जस्तै गढवा ६ की शान्ती चौधरीले सिलाई कटाई सम्बन्धि उद्यम बिकास तालिम लिएपछि आटवटा मसिन राखेर सिलाई कटाई प्रशिक्षण केन्द्र खोलेको कार्यक्रममा बताए । तालिम लिएपछि पसल खोलें त्यसको केहि महिनामै सिकाई सेण्टर खोलेर दैनिक ७ जनालाई सिलाई र कटाईको तालिम दिने गरेकी छु उनले भने ।
उनहरु जस्तै गढवा ४ की सृजना चौधरीले डल तथा बुटिक तालिम लिएर आफ्नै पसल संचालन गरेको कथा कार्यक्रममा सुनाए भने गढवा ७ कान्छीगाउँ निवासी निता चौधरीले उद्यम बिकास तालिम लिएर कुखुरा पालक किसान बनेको कथा सुनाए । कार्यक्रममा उपस्थित एक दर्जन बढी नागरिकहरुले गाउँपालिकाको उद्यम बिकास तालिम लिएपछि स्वरोजगार र आत्मनिर्भर बनेको बताए ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाको उद्यम बिकास शाखाद्वारा आयोजित लघुबित्तमा पहुँच सम्बन्धि अन्तरक्रीयामा बोल्दै सहभागी नागरिकहरुले आ–आफ्ना उद्यमका बारेमा सफलताको कथा सुनाएका हुन । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा जालपा सामुदायिक उद्यम बिकास संस्थाका कमला कान्त दाहाल, उद्यम बिकास अधिकृत गौरी शर्मा, उद्यम बिकास सहजकर्ता संजय दाहाल, पत्रकार शिबराज पन्थी र देउखुरी सामुदायिक पुस्तकालयका सदस्य थानेश्वर आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिकाका उद्यम बिकास सहजकर्ता मिना चौधरी र बिनु भुजेलले गरिकी थिइन् ।