मनिकापुर बर्षे सिँचाई कुलोको अधिबेशन सम्पन्न

दाङ । आज मनिकापुर बर्षे सिँचाई कुलो तथा जल उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा पहिलो अधिबेशन सम्पन्न भएको छ । मनिकापुर पिपल चौतारामा भएको उक्त साधारण सभा तथा पहिलो अधिबेशनले बिसेसन वलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिमिति समेत निर्माण गरेको छ ।

लामो समयदेखि बस्न नसकेको साधारण सभाले आज पुर्णता पाएको हो । उक्त साधारण सभामा समितिको आगामी कार्यहरुलाई कसरी अगाडी बढाउने, बाँकी रहेका कामहरुलाई पुर्णता दिन सबैको सर–सहयोगमा अघि बढ्नेलगायतका बिषयमा बृहत छलफल भएको थियो । उक्त साधारण सभामा टेकबहादुर डाँगी, चुर्णबहादुर वली, पुर्णबहादुर वली, राकेश बस्नेत, हिरा सिं वलीलगायतले समितिको आगामी काम र कर्तब्यको बारेमा जानकारी दिदैँ नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

मनिकापुर बर्षे सिँचाई तथा जल उपभोक्ता समितिका निबर्तमान अध्यक्ष टोपराम वलीको अध्यक्षता बसेको साधारण सभा तथा पहिलो अधिबेशन संस्थाका निबर्तमान कोषाध्यक्ष दिपक वलीको स्वागत मन्तब्यबाट सुरू भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका बर्तमान सचिव कपिल लामिछानेले गरेका थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस