आगालागी नियन्त्रण गर्न दाङमा प्रहरी अभ्यास गर्दै

दाङ । गर्मीसँगै हावाहुरी चल्ने मौसमको सुरुवात हुदै गर्दा दाङमा आगलागीका घटनालाई रोक्न प्रहरीले समेत तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आगो नियन्त्रणका लागि अपनाउनु पर्ने विधी र सिप ज्ञानमा पूणर्रुपले सक्षम बन्नका लागि प्रहरीलाई अभ्यास गराउदै आएको छ ।

आगो लाग्नै नदिन आबस्यक साबधानी अपनाउनु पर्ने प्रहरी मार्फत सचेतना जगाउने काम पनि भैरहेको प्रहरीको भनाई छ । कुनै पनि ठाउँमा यदी आगलागि भए तत्काल नियन्त्रणमा लिनका लागि प्रहरी दक्ष बनाउन अभ्यास गराउदै आएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

हरेक घटनामा प्रहरी नै अग्रभागमा खटिएर क्षतिलाई न्यूनिकरण गर्ने जिम्मेवारी पाएकाले पनि प्रहरीलाई सक्षम बनाउदै स्रोतसाधन युक्त बनाउने अभियानमा आफुहरु रहेको उनको भनाई छ । आगलागीका घटनालाई नियन्त्रण गर्न आफु कसरी सुरक्षित हुने र क्षतिलाई कम गर्ने भन्ने बिषयमा अभ्यासहरु हुदै आएको उनले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस