देउखुरी सामुदायिक पुस्तकालयमा सपथ ग्रहण

गढवा । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको संचालक समितिका लागि चैत्र २ मा भएको निर्वाचनबाट बिजयी भएका पदाधिकारीहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गराइएको छ ।
निर्वाचन समितिका संयोजक उपेन्द्र चालिसेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरिएको हो ।
समितिका १३ पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा पाँच दलिय संयुक्त गठबन्धन प्यानलका ओभा पाठकले १५६ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदका प्रत्यासी उमेदवार गिरिराज भट्टले १५३ मत प्राप्त गरि जम्मा ३ मतले पराजय ब्यहोर्नु भएको हो ।
त्यस्तै सचिव पदमा एमालेको एकल प्यानलबाट शिबराज पन्थीले १६६ मत प्राप्तगरि बिजयी हाँसिल गरेका हुन । सचिव पदका प्रत्यासी उमेदवार गठबन्धन प्यानलका सविना खातुनले १४३ मत प्राप्त गरेका हुन ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धन प्यानलका नारायण प्रसाद पण्डितले १७५ मत प्राप्त गरि बिजयी भएका हुन । उपाध्यक्षका प्रत्यासी खुमानन्द पोखे्रलले १३३ मत प्राप्त गरेका हुन । निर्वाचनमा कोषाध्यक्ष तिलक परियारले १७१ र सहसचिवमा पटवारी यादवले १५५ मत प्राप्त गरि बिजयी भएका हुन । कोषाध्यक्षका प्रत्यासी उमेदवार चुडामणि पौडेलले १२९ र सहसचिवका प्रत्यासी उमेदवार बसन्त देवकोटाले १४५ मत प्राप्त गरेका थिए ।
आठ सदस्यका लागि भएको निर्वाचनमा पाँच दलिय गठबन्धनका दुखहरण यादवले सर्बाधीक १९८ मत प्राप्त गरि बिजयी भएका हुन । यादव रेडियो साझा आबाजका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
त्यस्तै अन्य सदस्यहरुमा भोजराज खनालले १७५, गिता कुमारी यादवले १७२, थानेश्वर आचार्यल १६३, जयराम यादवले १६५,े महेश कुमार अधिकारीले १५७, प्रदीप केसीले १६१ र राजेन्द्र प्रसाद चौधरीले १५९ मत प्राप्त गरि बिजय गरेका हुन ।
चैत्र २ मा भएको निर्वाचनमा कुल मतदाता ३५७ मध्ये ३१२ जनाको मतदानमा सहभागिता रहेको थियो भने ४२ जनाको अनुपस्थिति रहेको थियो । कुल मतदाताको ८८.३४ प्रतिशत मत खसेको निर्वाचन अधिकृत उपेन्द्र चालिसेले जानकारी दिए । राती अबेरसम्म भएको मतगणनापछि बुधवार नवनिर्वाचीत पदाधीकारहिरुलाई पद तथा गोपनीयताको सपथग्रहण तथा पदभार ग्रहण गराइएको हो ।
गत फागुन २१ म सम्पन्न तेश्रो अधिवेशन तथा पाँचौ साधारणसभामा संचालक समिति चयन प्रकृयामा सहमति हुन नसकेपछि सहमति प्रयास तथा निर्वाचनका लागि उपेन्द्र चालिसेको संयोजकत्वमा बासुदेव पाण्डेय,बिष्णा पन्थी,देवि प्याकुरेल र जगतराम यादव रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । कार्यक्रममा नव निर्वाचित समितिको तर्फबाट अध्यक्ष ओभा पाठकले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए भने गाउँपालिकाका अध्यक्ष सहजराम यादव, निर्वाचन संयोजक उपेन्द्र चालिसे र निवर्तमान अध्यक्ष गिरिराज भट्टले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण निर्वाचन समितिका सदस्य देवि प्याकुरेलले गरेका थिए ।