प्रेस सेन्टर राजपुरको शाखा गठन अध्यक्षमा बुढा

राजपुर । प्रेस सेन्टर नेपाल दाङले राजपुर गाउँपालिका शाखा गठन गरेको छ । राजपुर गाउपालिकाको गंगदीमा प्रथम ऐतिहासिक भेला गर्दै १९ सदस्यीय शाखा गठन गरेको हो ।

भेलाले शाखा अध्यक्षमा शान्तकुमार बुढा मगरलाई चयन गरेको छ भने उपाध्यक्षमा सुमित्रा खड्का र श्याम बाबु भण्डारीलाई चयन गरेको छ ।

त्यस्तै सचिबमा प्रेमी सोमइ मगर सहसचिवमा जमुना यादव र कोषाध्यक्षमा तिलक राना रहेका छन् । भेलाले सदस्यहरुमा जनक कुमाल, सुनिता यादव, सिता चौधरी, शर्मिला चौधरी, आरती चौधरी, प्रीती माया बुढा, सुवास यादव, भुमिसरा घर्ती, शान्ती कुमारी कुमाल, लक्ष्मि गिरी, टेक बहादुर विक रमेश पुन र सिवानी सेन्चुरी चयन गरेको छ भने सल्लाहकारमा चेतराम यादवलाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य दिदै नेकपा माओवादी केन्द्र राजपुर गाउपालिका अध्यक्ष श्याम रोकाले सूचना संचारको मामिलामा राजपुरपछि परेको बताए । उनले पालिकामा पत्रकारिता तालीम दिए पनि पत्रकार उत्पादन गर्न नसकेको भन्दै अबको दिनमा संगठन निर्माणले आफुहरुलाई उत्साह मिलेको बताए ।

चेतराम यादवको अध्यक्षतामा भएको थियो उक्त कार्यक्रमको बिशिष्ट अतिथि प्रेस संगठनका लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष प्रकाश चौधरी, संगठनका जिल्ला सदस्य पाण्डब शर्मा अतिथिहरुमा नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका सहसचिव दिलमति ओली, वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, पालिका प्रचारप्रसार बिभाग प्रमुख पुस्कर वली रहेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस