सकारात्मक सोँच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न


घोराही । दाङ महिला जेसीजले सकारात्मक सोँच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरु असल बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा कसरी लागू गर्न प्रेरित गर्ने लक्ष्यमा साथ आज उत्प्रेरणात्मक कार्यक्रम गरिएको दाङ महिला जेसीजले जनाएको छ ।

जेसीज अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा मार्क ईन्टरनेशनल कलेजका प्रमुख शंकर डाँगीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा मानव कल्याण समाजका केन्द्रीय अध्यक्ष सुमी मानव रहेकी छिन् ।

उनीले मानव जाति, मानव धर्म, सकारात्मक चिन्तन, असल जीवनशैली र व्यवहारका बारेमा रचनात्मक ढंगले विद्यार्थीहरुलाई प्रशिक्षण गरिकी थिइन् । बिबिएस दोश्रो वर्षमा अध्ययनरत करिव एक सयभन्दा बढी विद्यार्थीहरुले दैनिक जीवनका लागि आवश्यक पर्ने उर्जाशील सकारात्मक सोँचसम्बन्धि ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यकङगरेका छन् ।

सो अवसरमा प्रमुख अतिथि डाँगीले विद्यार्थीहरुमा सकारात्मक उर्जा अति आवश्यक भएकाले यस प्रकारका कार्यक्रम हरेक विद्यार्थीमाझ लैजान आग्रह गरे । कार्यक्रममा सहभागीहरुका तर्फबाट विनिता पन्त, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष विणा बिसी, निवर्तमान अध्यक्ष ममता बिष्टलगायतले भनाई राखेका थिए भने कार्यक्रममा दिपिका मानवलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रम संयोजक जेसी मेनका भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थावाठ उपाध्यक्ष जेसी लक्ष्मी घमालले गरिकी थिइन् । संस्थाको मिसन भिजनका बारेमा २०२२ का प्रकरण निर्देशक जेसी नोमिका चौधरीले गराइकी थिइन् भने कार्यक्रममा धन्यवाद ज्ञापन जेसी बसन्ती सुवेदीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरिकी थिइन् ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस