तुलसीपुर–घोराही सडक निर्माणको जिम्मा लिएको कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
दाङ । चारलेन सडक स्तरोन्नति परियोजना लमही फिल्ड कार्यालयले घोराही तुलसीपुर चारलेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको छ ।
परियोजनाले सार्वजनिक सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन र १५ दिनभित्र देखिने गरी फिल्डमा खट्न आग्रह गर्दै त्यसो नभए ठेक्का तोडिने चेतावनी दिएको छ ।
परियोजनाका लमही फिल्ड कार्यालयल प्रमुख डिइ अर्जुन बमले कार्यालयको तर्फबाट ठेक्का तोड्नु अगाडिको यो नै अन्तिम प्रक्रिया भएको बताए । घोराही तुलसीपुर २८ किलोमिटर सडकखण्ड चारलेन बनाउने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा स्ट्रक्चर प्रोजेक्टले पाएको छ ।
करिब एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का भएको परियोजनामा काम ठप्प भएपछि ठेक्का तोड्ने प्रक्रिया परियोजनाले सुरू गरेको हो ।
प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस