दाङको बंगलाचुलीस्थित चुनढंगा खानी चैत्र ७ गतेबाट संचालनमा आउने

दाङ । मानव स्थास्थ्य र पूर्वाधारमा असर पर्न थालेपनि विगत केही समययता बन्द रहेको दाङको बंगलाचुुलीस्थित चुुनढंगा खानी क्षेत्र चैत्र ७ गतेबाट संचालनमा आउने भएको छ । बंगलाचुुली, घोराहीका जनप्रतिनिधि, सरोकारवाला, सिमेन्ट उद्योग प्रतिनिधि, टिपर व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको संयुुक्त बैठकले टिपरले चुनढुुंगा ढुवानी गर्दा सडक र वातावरणमा पारेको असरलाई निवारण गर्ने गरी चुुन ढुुंगाखानी संचालन गर्न दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी मार्गदेखि चुनढुङ्गा खानीसम्म जोड्ने ४ किलोमीटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथसहित कालोपत्रे गर्ने कार्य छिटोभन्दा छिटो सम्पन्न गरिसक्न निर्माण पक्षलाई तोकेता गरेको छ ।

यसैगरी, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थानमध्ये बढीमा ६०० मिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको छ । सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्न र त्यसको उचित कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।

यसैगरी, यसअघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयन सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराएको प्रमुुख जिल्ला अधिकारी रेग्मीले बताए । बंगलाचुुलीको तापामा रहेको चुुनढुंगा खानी क्षेत्रबाट दैनिक सयौँ टिपरले भारबहन क्षमता भन्दा बढी ढुवानी गरेपछि करोडौँ रुपैयाँ खर्च गरेर कालो पत्रे गरिएको सडक केही दिनमै भत्किएको छ । यसैगरी टिपरले उडाएको धुलोका कारण स्थानीयको खेतबारीमा लगाइएको अन्नबाली तथा पशुुचौपायामा पनि असर गरेपछि खानी उत्खनन् र ढुुवानीमा पालिकाको पहलमै रोकिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस