लुम्बिनीका तीन जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा

दाङ । लुम्बिनी प्रदेशका तीन जिल्ला अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् । भारतसँग सीमा जोडिएका प्रदेशका कपिलवस्तु, दाङ र बाँके अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्ला हुन् ।

जोखिम रहेका जिल्लाहरुको पहिचान गरेर सरकारले भोलीदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान संचालनको तयारी गरेको छ । कपिलबस्तुमा १४औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै स्वास्थ्य कार्यालय दाङले विगत ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान संचालन गर्दै आएको जनाएको छ । जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस