बृद्धबृद्धालाई तिर्थ भ्रमण गराउँदै वडा अध्यक्ष

गढवा । जिवनमा नदेखेको ठाउँ देख्न पाइने भयो । अहिले सम्म छोराहरुले तिर्थ लैजान सकेका थिएनन्, वडा कार्यालयले तिर्थ भ्रमण लैजादै छ–गढवा ५ झाली निवासी ७२ बर्षिय आसरामी चौधरीले भने । सरकारले भत्ता पनि दिएको छ, तिर्थबर्त पनि गराउन थाल्यो । कहिल्यै नदेखेको ठाउँ देख्ने रहर लिएर गढवा ५ बाँकी निवासी ७४ बर्षिय इनद्रावती यादव झटिझाम्टा बोकेर साँझको समयमा तिर्थजान भनि वडा कार्यालयमा आए ।

पशुपतिनाथको मन्दिर र देवघाट दर्शन गर्ने ठूलो धोका थियो, पैसाको अभावले जान सकेकी थिइन् । वडा कार्यालयले घुमाउन भनी मलाई बोलायो म खुसी भएर तिर्थ भ्रमण जान झोला बोकेर आएकी छु गढवा ५ धर्मपुर बस्ने ७३ बर्षिया धनीया चौधरीले भने । आसरामी इनद्रावती र धनीयाँ जस्तै मंगलार ४० जना बृद्धबृद्धाहरु तिर्थ जान भनी वडा कार्यालयमा खुसी हुदै झोला बोकेर आइपुग्नु भएको थियो । वडा सरकारले तिर्थ भ्रमण लैजान थालेकोमा सबैको मुहारमा खुसी छाएको देखिन्थ्यि ।

देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले आफ्नो वडाका बृद्धबृद्धालाई तिर्थ भ्रमण लैजानु भएको छ । मंगलबार साँझ ४० जना जेष्ठ नागरिकहरुलाई वडा कार्यालयमा बोलाएर आफुपनि स्वयं जानेगरी भण्डारीले नाइटबसमा तिर्थगर्न लैजानु भएको हो । जेष्ठ नागरिक सम्मान तर्फको चालु आर्थिक बर्षको बजेट तथा वडा अध्यक्ष समबिकास कोषको अपुग रकम समेत जोहो गरेर वडा अध्यक्ष भण्डारीले बृद्धबृद्धाहरुलाई तिर्थ गर्न लिएर आफै जानुभएको वडा कार्यालयले जनाएको छ ।

जेष्ठ नागरिकहरुलाई कहिल्यै नदेखेको ठाउँमा उहाँहरुकै इच्छा अनुसार भ्रमण लैजान थालेको वडा अध्यक्ष प्रकाश भण्डारीले बताए । टोलीलाई उनीहरुकै इच्छा बमोजिम पशुपतिनाथको मन्दिर, गुहेश्वरी, स्वयंभू, दक्षिणकाली, देवघाट र सिजी टेम्पल घुमाउने योजना रहेको छ–अध्यक्ष भण्डारीले भने । बुढेसकालमा तिर्थ भ्रमण जान पाएकोमा कमजोर आर्थिक अवस्था भएर तिर्थब्रत गर्न नसकेका जेष्ठ नागरिकहरु खुसी भएको बताएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस