दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले घोराही ५ दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि सो चौकीको आज उद्घाटन गरिएको हो ।

स्थानीय बासीको माग बमोजिम वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निणर्य बमोजिम दलजितपुरमा अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी रेग्मी, प्रहरी उपरीक्षक सुरेश काफ्ले, वडा अध्यक्ष दाहाल, स्थानीय राजनीतिक दलका प्रतिनिधिको विशेष उपस्थितिमा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको हो ।

प्रहरी सहायक निरिक्षक टेकबहादुर रावलको नेतृत्वमा ६ जनाको प्रहरी टोली खटिने भएको छ । अस्थायी प्रहरी चौकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँको शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् ।

वडा सदस्य तुलसी कुमारी खड्काको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव बलदेव बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस