अमृतपुर खानेपानीका उमेदवारहरुको अन्तिम नामावली प्रकाशन, दुई समुह प्रतिस्पर्धामा
दाङ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकालाई चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन तालिका अनुसार बुधबार चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन समितिका संयोजक विष्णुमणि धितालले बताए । निर्वाचन समितिले निर्धारण गरेको चुनाव चिन्ह उम्मेदवारहरूको इच्छा अनुसार प्रदान गरिएको हो ।
अध्यक्ष पदका उम्मेदवारहरू चन्द्रकान्त खरेललाई कुर्सी , भिमकान्त बस्याल ( संगीत ) लाई हात्ती प्रदान गरिएको छ । त्यस्तै उपाध्यक्ष पदका उम्मेदवारहरू केशवराज सापकोटालाई भाले र विजय कुमार मल्ल लाई फुटबल , सचिव पदका उम्मेदवारहरू दशरथ वलीलाई डमरु, रूप बहादुर खत्रीलाई घडी कोषाध्यक्ष पदका उम्मेदवारहरू केशव बहादुर वलीलाई क्यापटोपी, ईश्वरी प्रसाद पाण्डेलाई स्याउ, सहसचिव उम्मेदवारहरूलाई कमला कुमारी अधिकारीलाई केरा, रक्षा काफ्ले खड्कालाई घर, तथा सदस्य पदका उम्मेदवारहरूलाई गंगाधर गैरेलाई चश्मा, कान्तप्रसाद खरेललाई पुतली, नरबहादुर वलीलाई परेवा र लालबहादुर वलीलाई गाडी, महिला सदस्य उम्मेदवारहरूलाई सिता कुमारी केसीलाई पानीको बोतल, भीमा खड्कालाई खरायो, अमृता शर्मा न्यूरेलाई बाघ, सविता वलीलाई दियो, र देव कुमारी वली भण्डारीलाई सर्प निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
अध्यक्ष पदका उम्मेदवार शर्मा खरेलको प्यानललाई तुलसीपुर क्षेत्रका क्रियाशील राजनीतिक दलहरूको समर्थनका साथ लोकतान्त्रिक संयुक्त प्यानल रहेको छ । भने संगीत बस्याल प्यानललाई नेकपा एमाले र नेपाल कम्युनिष्ट पाटी ( विप्लव ) को संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गएका छन् ।
अन्य एकल उम्मेदवार रहेका छैनन् । संस्थामा चन्द्रकान्त खरेल शर्माले १८ वर्ष सेवा गरेका थिए, भने, संगीत बस्यालले दुई कार्यकाल संस्थामा बिताएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३, ८ र ९ नम्बर वडाहरूलाई पानी वितरण गर्दै आएको खानेपानीमा तिन हजार एक सय पचास मतदाता संख्या रहेका छन । मतदान शनिवार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ । सबै पदमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो ।