प्रेस सेन्टर गढवाको अध्यक्षमा : पौडेल

दाङ । प्रेस सेन्टर नेपाल गढवा गाउँपालिकाको भेलाले पुष्पा पौडेलको अध्यक्षतामा एघार सदस्यीय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण पन्थी र निरू चौधरी, सचिव सौरभ गिरी, कोषाध्यक्ष अम्बिका बिक, सहसचिव सुरज परियार चयन भएका छन् ।
यस्तै सदस्यहरूमा कृष्णा केसी, फूलमती चौधरी, अस्मिता चौधरी, सृष्टि चौधरी र सुलोचना चौधरी रहेका छन । मंगलबार बसेको प्रेस सेन्टर नेपाल गढवा गाउँपालिकाको बैठकले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा भूमिप्रसाद शर्मा, नरेश्वर भुसाल र कृष्णप्रसाद यादव रहेका छन् ।
प्रेस सेन्टर नेपाल गढवा भेला आयोजक समितिकी संयोजक पुष्पा भुसालको अध्यक्षता तथा नेकपा ९ माओवादी केन्द्र ० लुम्बिनी प्रदेशका सदस्य यमनारायण पोख्रेल ९ विश्वास ० को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पोख्रेलले पत्रकारले समाजमा लुकेर बसेका र लुकाइएका गतिविधि उठाउन आवश्यक रहेको बताए । यस्तै पोख्रेलले पत्रकारले पत्रकारिताको माध्यमबाट राज्यलाई निरन्तर खबरदारी गर्न आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा नेकपा ९ माओवादी केन्द्र ० गढवा गाउँपालिकाका उपाध्यक्ष देवराज यादव, सचिव कैलास चौधरी, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव दिवाकर पोख्रेल, दाङ जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण आयोजक कमिटी सदस्य विपिन अधिकारीले गरेका थिए ।