कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम

दाङ । दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका स्थानीय तहमध्ये राप्ती गाउँपालिका पहिलो नम्बरमा देखिएको हो ।

यस गाउँपालिकाले ७ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिए ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९÷८० का लागि यसबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस