आज अन्तरराष्ट्रिय श्रमिक महिला दिवस

दाङ । महिला हकअधिकार र उपलब्धि सस्थागत गर्नका लागि एक हुनुपर्ने ११२औं अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा भएको कार्यक्रममा बोल्न वक्ताहरुले जोड दिएका छन् । उनीहरुले महिलामाथि हुने विभेद् र लान्छना पितृसत्तात्मक सोचको उपज भएको भन्दै उनीहरुले समृद समाज र देश निर्माणका लागि सकारात्मक सोचको बिकास हुन आवश्यक रहेको बताएका थिए ।

आज घोराहीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले महिलाहरुको श्रमको सम्मान हुनुपर्ने बताए । घरमा बिहानदेखि साझसम्म काम गरेर घर व्यवहार चलाउने महिलाको श्रमको सम्मान हुने अबस्था निर्माण हुन सके महिलामाथि हुने बिभेदमा कमि आउने उनको भनाई थियो ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरीले राज्यका हरेक निकायका उपस्थिति हुनुभनेको महिलाहरुको उपलब्धि भएको बताए । उनले राज्यका हरेक तहमा सम्मान जनक उपस्थिति भने हुन नस्केको बताइन् ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवस आयोजक समितिका संयोजक तथा सिसा नेपालकी अध्यक्ष साजिदा सिदिकीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

त्यस्तैगरी दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले पनि मंगलबार ११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । यसवर्षको दिवसको नारा ‘‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चिता’’ भन्ने नारा तय गरिएको छ । श्रमिक महिलाको मुल्यांकन गर्दै यस वर्ष तुलसीपुरमा अटो चलाउने अटो चालक महिलालाई सम्मान गरेको छ । दिवसको अवसरमा उपमहानगरले तुलसीपुरमा अटो चलाउने नौं जना महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा निमा विक, टंकी नेपाली, पुष्पा श्रेष्ठ, शारदा खड्का, पुष्पा योगी, मिना छन्त्याल, बिमला अधिकारी, दुरुपता विक, बिमला विक सम्मानित भएका छन् ।

आफूहरुको मेहनतलाई मुल्यांकन गरेर सम्मान गरेकोमा अटो चालक महिलाहरु निकै खुशी भएका छन् । उनीहरुले पाएको त्यो सम्मानपत्र आफू सुत्ने कोठामा सबैले देख्ने गरी भित्तामा टाँस्ने समेत बताए । तुलसीपुरले आफ्नो कामको मुल्यांकन गरेर सम्मान गरेकोमा थप काम गर्न उत्साह, हौसला थपेको अटो चालक महिलाहरुको भनाइ छ ।

त्यस्तै कार्यक्रममा महिला हिंसाविरुद्धका नाटक, कविता, नृत्य लगाएत प्रस्तुत गरिएको थियो । कार्यक्रम तुलसीपुर उपमहागरपालिका सामाजिक विकास समितीका संयोजक कुमार लामिछानेको अध्यक्ष, नगर उपप्रमुख माया आर्चायको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको आयोजना तुलसीपुर उपमहानगरपालिकाले गरेको थियो भने यसलाई सहयोग विभिन्न गैरसरकारी संघसंस्थाहरुले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य तुलसीपुर न्यायिक समिती सदस्य यमुना परियारले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस