भोली विविध कार्यक्रम गरि नारी दिवस मनाईने

गढवा । गढवा गाउँपालिका र यहाँ कृयाशिल संघसंस्थाहरुले बिविध कार्यक्रमकासाथ ११२औं अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा स्थानीय संघसंस्था, महिला अधिकारकर्मि र महिला जनप्रतिनिधी सहितको बैठकले बिविध कार्यक्रमका साथ नारी दिवस मनाउने कार्यक्रम तय गरेको हो । जसका लागि सम्पुर्ण तयारी पूरा भएको महिला तथा बालबालिका शाखाले जनाको छ ।
तय गरिएका कार्यक्रम अन्तर्गत फागुन २२ र २३ मा दिन गढवा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको छ । फागुन २४ का दिन गढवा गाउँपालिकाभरका सरकारी र निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका बिद्यार्थिहरु बिच स्थलगत निबन्धलेखन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
त्यसैगरी भोली गढवा पञ्चैबाजा कला संस्कृतिको पंचैबाजा झाकी र मयुरनाँच लगायतका बिभिन्न साँस्कृतिक झाँकीहरु सहित गढवा बजारमा शोभायात्रा तथा ¥याली गरिने र महिलाहरु बिच कुर्सी दौड, तातो आलु र १ सय मिटरको दौड लगायत बिविध खेलकुद प्रतियोगीता आयोजना गरिने छ । सोही दिन एक कार्यक्रमको आयोजना गरि उत्कृष्टहरुलाई पुरस्कार बितरण गरि कार्यक्रमको समापन गरिने महिला तथा बालबालिका शाखाले जनाएको छ ।