अब मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे हुने

?????????????????

काठमाडौ । निर्वाचन आयोगले अब मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको छ । आज सोमबार आयोगले आउँदो स्थानीय तह चुनावको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म–संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिए ।

उनले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो–भिडियो सामग्री तयारी गर्नका लागि चुनावसम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश र चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचनाअनुसार प्राप्त भएका रचनाहरूको मूल्याङ्कन भइरहेको र ती सामग्रीहरू आयोगले उपयोग गर्ने पनि बताए ।

आउँदो वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस